Logo

चालक नहुँदा १४ करोड रुपैयाँको ७ वटा ब्रुमर थन्कियो



काठमाडौँ, २८ चैत । काठमाडौँ महानगरपालिकाले का तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ । ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न सकेको छैन ।

ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो । ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो । कामनपा वातावरण विभाग प्रमुख सरिता राईले चालक नभएका कारण बुमर थन्किएको स्वीकार्दै भनिन्, सम्झौताको मिति सकिएका कारण चालक बिदा भएका छन्, अब नयाँ प्रक्रिया थालेर चालक आएपछि ब्रुमर सञ्चालन हुनेछ । हाल सातवटा ब्रुमर राष्ट्रिय सभागृहमा थन्काएर राखिएको छ ।

सभागृहमा धुलाम्य अवस्थामा रहेको ब्रुमर हेर्दा ब्रुमरको धूलो सफा गर्नुपर्ने अवस्था छ । कामनपाका एक कर्मचारी भन्छन्, हामीले हेर्दा त ब्रुमरले बाटो सफा गर्ने होइन, अब कामपाका कर्मचारीले ब्रुमरको धूलो सफा गर्नुपर्ने अवस्थामा छ । आफूहरूले तत्काल चालक खोजेर ब्रुमर सञ्चालन गर्न आग्रह गरिरहेको भए तापनि तैपनि कसैले नसुनेको उनको गुनासो छ । आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्