Logo

चालु अधिवेशनबाट नागरिकता विधेयक पारित हुन्छ: कोइराला



काठमाडौँ, १६ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसद्को चालु अधिवेशनबाट नागरिकतासम्बन्धी विधेयक पारित हुने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) समेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै उनले चालु अधिवेशनबाटै पारित हुने जिकिर गरेका हुन् ।

६४औँ संसद् दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नागरिकतासम्बन्धी विधेयकमा धेरै विवादहरू रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताए ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा समेत सो विधेयकमा देखिएका विवाद निरूपण नभएको भन्दै मन्त्री कोइरालाले सहमति जुटाएर अघि बढ्न सरकार लागिपरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्