काठमाडौँ, २८ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग सिफारिस समितिले बयान सकेको छ ।
समितिले तयार पारेका ४३ वटै प्रश्नको जवाफ जबराले दिएका छन् ।
प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस विशेष समितिले ४३ प्रश्न तयार पारेको थियो । जबराले आइतबारसम्म ३५ वटा प्रश्नको जवाफ दिएका थिए । बाँकी प्रश्नको जवाफ आज दिएका हुन् ।
जबराको बयान सकिए पनि पूरक प्रश्नका लागि आवश्यक परे फेरि बोलाइने समिति सदस्य नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले जानकारी दिए । महाभियोग सिफारिस समितिले राणामाथिको छानबिन प्रतिवेदन भदौ मसान्तसम्म बुझाउने तयारी गरेको छ ।







