Logo

चाेलेन्द्र सर्वाेच्च फर्किने सम्भावना सकियाे: श्रेष्ठ



काठमाडौँ, २ असोज । वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबरा काममा फर्कने तयारीको चर्चा भइरहेका वेला आइतबार सर्वोच्च अदालतको मूल गेटमा पुगेका उनले संविधान र कानुन अनुसार प्रतिनिधिसभाले उक्त महाभियोगको टुंगो नलगाएसम्म महाभियुक्तको रूपमा रहेका जबरा काममा फर्कन नमिल्ने बताएका हुन् ।

महाभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने व्यवस्था संविधानको धारा १०१ को उपधारा ६ मा प्रष्ट उल्लेख गरिएको दाबी गरेका थिए ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले संसद्‌मा हिजै बुझाएको जबरामाथि लगाइएको महाभियोगको छानबिनको रिरपोर्ट नयाँ आउने प्रतिनिधिसभाले टुंगो लगाउने व्यवस्था रहेको पनि स्पष्ट पारे । आफूहरुले न्यायालयको विकृति, विसंगति र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई निरन्तर अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्