Logo

चिकित्सकमाथिको आक्रमण अशोभनीय र दुःखद: थापा



काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दु:खद भएको बताएका छन् ।

घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने उनले उल्लेख गरेका हुन् ।

राष्ट्रपतिको सवारीमा सडकमा निस्किएको भन्दै ट्रमाका चिकित्सकमाथि अन्धाधुन्ध लाठी प्रहार
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नागरिकलाई दु:ख दिने परम्परा र शैली बदल्नुपर्नेमा जोड दिएका छन् ।

“….विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँड्डुल गर्न नदिने अभ्यास ‘परम्परा’को नाममा चलिरहेको छ,” उनले लेखेका छन्, “यो शैलीप्रति हरेकपटक हामी आक्रोश पोख्छौँ अनि बिर्सिन्छौँ । योपटक पनि त्यस्तै हुन्छ । तर, यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्नेछ ।”

उनले राष्ट्रपतिलगायत अति विशिष्ट व्यक्तिको सवारीमा नागरिकलाई कुनै असुविधा पु¥याउन नपाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्