Logo

चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि देशभरका आकस्मिक बाहेकका सेवा ठप्प



काठमाडौं, २३ असार । नेपाल चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ ।

केहीसमय अघि उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले आफ्नो क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै संघ विरोधमा उत्रिएको हो । असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आजदेखि आफ्नो आन्दोलनलाई झनै सशक्त बनाउँदै आकस्मिक बाहेकका सेवा रोकेको छ ।

संघले कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।

उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्धामा ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्