जर्मन, १७ असोज । यस वर्ष अर्थात सन् २०२२ को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार स्वीडेनका आनुवंशिकविद् स्वान्ते पाबोले पाएका छन् ।
पाबोले विलुप्त पूर्वजहरूबाट आधुनिक समयका मानिसहरू कसरी विकसित भए भन्ने विषयमा गरेको खोजको लागि नोबेल पुरस्कार जितेको छनौट समितिले जनाएको छ । समितिले पाबोले विलुप्त होमिनिन र मानव विकासको जीनोमहरू सम्बन्धी गरेका खोज अकल्पनीय रहेको पनि जनाएको छ ।
जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजीका संस्थापक र ओकिनावा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीमा सहायक प्रोफेसरको रूपमा पनि काम गर्ने पाबोले हेर्दा असम्भव देखिने कुरालाई अनुसन्धानबाट पूरा गरेको खबरमा उल्लेख छ ।