Logo

चितवनकाे रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी



चितवन, ६ जेठ । रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा निर्वाचित भएका हुन्।

सापकोटाले निवर्तमान उपमेयरसमेत रहेकी एमालेकी विमला दुवाडीलाई आठ हजार ७१ मतअन्तरले पराजित गरेका हुन् । सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरिन् ।

उपमेयरमा भने एमालेका यादव पाठक ११ सय ६० मतान्तरले निर्वाचित भए । पाठकले १३ हजार ५१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत ल्याए ।

रत्ननगर नगरपालिकाका १६ वडामध्ये कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले एक/एक वडा जितेका छन्। स्वतन्त्र उम्मेदवारले एमाले र समाजवादीका उमेदवारलाई पराजित गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्