Logo

चितवनमा अटो दुर्घटना : चार जनाको मृत्यु, एक घाइते



चितवन, २३ फागुन ।  जिल्लाको कालिका नगरपालिका–९ मा अटो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका–९ दब्यटारस्थित भित्री सडक खण्डमा उर्पदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बा.प्र.०६–००१ह०३१५ नम्बरको अटो अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटो चालक राप्ती नगरपालिका–९ निवासी ३९ वर्षीय पूर्ण विक को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी गम्भीर घाइते भई अस्पताल पुर्‍याइएका राप्ती–८ निवासी ५६ वर्षीया विष्णु कुमारी तामाङ, राप्ती–९ की २२ वर्षीया बिनी तामाङ तथा सोही स्थानका ५५ वर्षीय तिलक तामाङ को उपचारका क्रममा पुरानो मेडिकल कलेज मा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी राप्ती–९ निवासी ५३ वर्षीया चिनी कुमारी गुरुङ को शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्