Logo

चितवनमा एक हजार बढीमा डेङ्गु सङ्क्रमण



चितवन, २१ असोज । चितवनमा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो । ती मध्ये ६ सय ९३ जना चितवनका रहेका छन् ।

दुई सय १७ जना बाहिरी जिल्लाका र एक सय १६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार डेङ्गुका कारण जिल्लामा दुई जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्