Logo

चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु



चितवन, ५ साउन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका-६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो ।

साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्