चितवन, २९ मङ्सिर । चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
इच्छाकामना गाउँपालिका-२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना-३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






