Logo

चितवनमा पूर्व सैनिकले गरे छोरी र भतिजको हत्या



चितवन, २ जेठ । चितवनमा एकजना व्यक्तिले आफ्नै छोरी र भतिजको हत्या गरेका छन् ।

भरतपुर महानगरपालिका-२५ का ४२ वर्षीय लीलाराज गिरीले आफ्नै छोरी ७ वर्षीया प्रभा गिरी र दाईको छोरा ५ वर्षीय साजन गिरीको हत्या गरेका हुन् । उनले खुर्पा प्रहार गरेर उनीहरूको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

लीलाराज नेपाली सेनाका पूर्व सैनिक हुन् । उनको मानसिक अवस्था ठिक नरहेको पाइएको पनि प्रहरीले बताएको छ । उनले छोरी र भतिजमाथि खुर्पा प्रहार गरेपछि आफैँलाई पनि प्रहार गरेका थिए ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्