Logo

चितवनमा फेरि जित्छु: रेनु दाहाल



चितवन, १२ वैशाख । सत्तारुढ गठबन्धनबाट चितवनको भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालले पहिलो कार्यकालमा गरेको कामका आधारमा आफूले जित्ने दाबी गरेकी छिन् ।

उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले आफू परीक्षण भएर आएकाले जित्ने आधार प्रशस्तै भएको बताइन् ।

‘हामीले भरतपुर महानगरलाई समृद्ध बनाउनका लागि सोचेको भन्दा धेरै विकास गरेका छौं, उनले भनिन्, भरतपुरवासीको ठूलो विश्वास जितेको छु। पाँच वर्ष परीक्षण भएर आइसकेको हुँदा जितका आधार प्रशस्तै छन् ।’

उनले आफूहरु गठबन्धनको आधिकारिक उम्मेदवार भएको भन्दै बागी उम्मेदवारीले खासै असर नगर्ने बताइन् ।

‘एउटै पार्टी भित्र पनि स्वतन्त्र उम्मेदवारी परेका छन्, उनले भनिन्, गठबन्धनका तर्फबाट परेको स्वतन्त्र उम्मेदवारी नेताहरु बसेपछि अन्तिम नामावली प्रकाशन हुने बेलासम्म फिर्ता हुन्छन् ।’

प्रतिक्रिया दिनुहोस्