चितवन, ८ फागुन । चितवनको खैरहनी नगरपालिकामा एक युवाको हत्या भएको छ ।
मङ्गलबार बिहान ३ बजे घरबाट निस्किएका खैरहनी नगरपालिका-२ निवासी २४ वर्षीय कृष्णप्रसाद खनाल घर नजिकै हर्बल कारखाना अगाडि मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खनालको कोखामा छुरी रोपिएको छ । खनालको हत्या कसले र किन गरियो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा तालिमप्राप्त कुकुर लगेर अध्ययन भइरहेको बताइएको छ ।






