Logo

चितवनमा रोकिएको मतदान पुनः सुरू



चितवन, १० वैशाख । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा मतदान पुनः सुरू भएको छ ।

सर्वदलीय बैठकपछि मतदान सुरू गर्ने निर्णय भएको हो । यहाँ साँढे ३ घण्टा मतदान रोकिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने नयाँ किरण मावि पुग्दा समर्थकहरूले हुटिङ गरेका थिए । मतदान केन्द्रमा हुटिङ गर्न नपाउने भन्दै अन्य दलले विरोध गरेका थिए ।

नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ ।

साथै आचारसंहिता मिचेकोमा माफी माग्ने निर्णयसमेत भएको छ । लामिछाने समर्थकले मतदान केन्द्रमा घन्टी बजाउँदै हिँडेको आरोप पनि छ ।

प्रतिक्रिया दिनुहोस्