Logo

चितवन अपडेट: त्रिशुलीमा खसेको दुई वटा बसको खोजी कार्य जारी

सशस्त्र प्रहरीका ७ जना गोताखोरसहित ७० जना परिचालन



चितवन, २८ असार । पहिरोले त्रिशुली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी रहेको छ ।

प्रहरीकाअनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए ।

त्रिशुलीमा खसेका बसमा वीरगंजबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।

वीरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवनबाटबाट ३५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २० जना परिचालन भएका छन् ।

अहिले यात्रुको अवस्था अज्ञात रहेको र त्रिशुली नदीमा बसको खोजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको हो ।

दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्