चितवन, ५ मंसिर । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ बाट प्रतिस्पर्धा गरेपछि यो क्षेत्र देशभर चर्चामा छ ।
यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ ।







