Logo

चितवन-२ मा रवि लामिछानेको अग्रता



चितवन, ६ मंसिर । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका हुन् ।

अध्यक्ष लामिछानेले चार हजार सात मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले तीन हजार आठ सय ७९ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले तीन हजार चार सय १० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्