काठमाडौँ, २६ कात्तिक । चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौँ आएका छन् ।
राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन गएराति नेपाल आएका हुन् ।
पाँच दिने भ्रमणका क्रममा ली ले २०७२ सालको भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नेछन् । उनको भ्रमणको बारेमा नेपाल सरकारले औपचारिक रुपमा जानकारी गराएको छैन ।







