Logo

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री देउवालाई




काठमाडौँ, २६ असार । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न छाओ बालुवाटार पुगेका हुन् । भेटमा द्विपक्षीय विविध विषयमा कुराकानी भइरहेको छ ।

चाओ चार दिने भ्रमणका लागि आइतवार काठमाडौँ आएका हुन् । विदेश विभाग प्रमुख लिउ जियान छाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य दलका अध्यक्षलगायत नेतासँग भेटवार्ता गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्