काठमाडौँ, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।
आज बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका हुन् ।
सोङले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्नेबारेमा जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने जानकारी गराएको बालुवाटार स्रोतले जनाएको छ ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।







