Logo

चिनियाँ राष्ट्रपति सी युक्रेन युद्धप्रति चिन्तित: पुटिन



मस्को, ३१ भदौ । युक्रेन युद्ध सुरु भएयता चिनियाँ समकक्षी सी जिनपिङसँगको पहिलो भेटवार्तामा उनले युद्धप्रति चिन्ता व्यक्त गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वीकारेका छन् ।

तर, उज्वेकिस्तानमा बोल्ने क्रममा पुटिनले चीनले यस विषयमा लिएको ‘सन्तुलित अडान’को प्रशंसा गर्नुका साथै संयुक्त राज्य अमेरिकाको एक ध्रुविय संसार खडा गर्ने प्रयास असफल रहने बताएका छन् ।

त्यसैगरी सीले चीन रुससँग ‘महान शक्तिहरू’को स्वरूपमा काम गर्न चाहेको धारणा पनि व्यक्त गरेका छन् ।

चीनले रुसको युक्रेनमाथिको आक्रमणको समर्थन गरेको छैन । तर, युद्ध सुरु भएयता बेइजिङले मस्कोसँगको व्यापार र अन्य सम्बन्ध भने बढाएको छ ।

उज्वेकिस्तानको सामारकान्डमा आयोजित सांघाइ सहयोग संगठन (एससीओ) को शिखर बैठकमा भाग लिने क्रममा यी दुईनेताबीच भेटवार्ता भएको हो ।

अहिले युक्रेनी फौजको शक्तिशाली प्रत्याक्रमणको दौरान रुसी फौजले कब्जा गरिसकेका भूभाग गुमाउने क्रम जारी रहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्