Logo

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौँमा



काठमाडौँ, २७ भदौ । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली नेपाल आइपुगेको छ ।

ली चान्सुसहितको टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।

सभामुख सापकोटा र चान्सुबीच आजै बेलुका सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता हुुँदैछ ।

प्रतिक्रिया दिनुहोस्