
काठमाडौँ, ११ चैत । चिनियाँ विदेश मन्त्री वाङ यी काठमाडौँ आइपुगेका छन् ।
तीन दिने भ्रमणका लागि उनी आज काठमाडौँ आइपुगेका हुन् ।
भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेको उच्चस्तरीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री नारायण खड्काले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत सहभागी रहेका थिए ।







