सप्तरी, २२ पुस । चिसोका कारण सप्तरीमा एक जनाको मृत्यु भएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय राजकुमार सदाको चिसोका कारण मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए ।
केही दिनयता सप्तरीसहित तराईका जिल्लामा शीतलहर चलेको छ । चिसो बढेपछि केही पालिकाहरुले चोक तथा सार्वजनिक ठाउँमा दाउराको व्यवस्था गरी आगो बाल्ने व्यवस्था मिलाएका छन् ।






