काठमाडौँ, २७ मंसिर । चिसोसँगै वायु प्रदूषण पनि बढेको छ । हिउँदमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदूषण बढ्ने गर्छ ।
आज बिहान साढे ७ बजेको वायु गुणस्तर सूचांक एक्यूआई तथ्यांकअनुसार इटहरीमा हावाको गुणस्तर सबैभन्दा खराब २ सय ३७ रहेको छ । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यस्तै भक्तपुर, दाङको तुल्सिपुर र काठमाडौँको हावाको गुणस्तर पनि खराब छ ।
भक्तपुरको मध्यपुर ठिमीमा १ सय ७३, तुल्सिपुरमा १ सय ६० र काठमाण्डौमा १ सय ५३ रहेको छ । वातावरण विभागले टोल छिमेकमा खुला रुपमा फोहोर जलाउने काम नगर्न आग्रह गर्दै आएको छ । खुला रुपमा फोहोर जलाएको पाइएमा कारबाही हुने पनि विभागले जनाएको छ ।






