काठमाडौँ, २० भदौ । चीनका राष्ट्रिय जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्शु भदौ २७ गते नेपाल आउने भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीले सेप्टेम्बर १२ देखि १५ तारिखसम्म्म नेपाल भ्रमण गर्न लागेका हुन् ।
सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेपरराष्ट्र मन्त्रालयले जनाएको छ ।







