Logo

चीनको बढ्दो प्रभाव रोक्न जी-७ का देशले ६ सय अर्ब डलर लगानी गर्ने



जर्मनी, १३ असार । जी सेभेनमा आबद्ध देशले चीनको बढ्दो प्रभाव रोक्न अति कम विकसित र विकासशील देशमा ६ सय अर्ब डलर लगानी गर्ने भएका छन् ।

जर्मनीमा भइरहेको जी सेभेनका प्रमुखहरूको बैठकले चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत आफ्नो प्रभुत्व बढाइरहेको निष्कर्ष निकाल्दै ६ सय अर्ब डलरको कोष बनाएर खर्च गर्ने निर्णय गरेका बीबीसीले जनाएको छ । यो रकम पार्टनरशिप फर ग्लोबल इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट (पीजीआईआई) मार्फत खर्च हुनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो योजनाले कैयौँ देशले प्रतिफल प्राप्त गर्ने बताएका छन् । यो कोषबाट मध्यम र न्यून आय भएका देशमा सहायता र ऋण लगानी गरेर लोकतान्त्रिक पद्धितमा आधारित पूर्वाधारको निर्माण अघि बढाइने नेताहरूले बताएका खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्