Logo

चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुन्छ: प्रधानमन्त्री



मुुुस्ताङ, १ कात्तिक । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) मुुुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराएका थिए ।

“मुुस्ताङको कोरलालगायत नाकाको सिमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ,” उनले भने “कोरला नाकाको नेपालतर्फ भौतिक पूर्वाधार निर्माणमा चीनले सघाउने मेरो भ्रमणका क्रममा सहमति भएको थियो ।”

कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिलाई पूूर्णता दिन सरकारले प्राथमिकता दिएको पनि उनले बताए । नेपालको प्रमुख चुुनौतीका रूपमा रहेको भ्रष्ट्राचारविरुद्ध सरकारले थालेको शुुसासनको अभियान नरोकिने पनि प्रधानमन्त्री दाहालले बताएका हुन् ।

गठबन्धनले पाँचै वर्ष सरकार चलाउने बताउँदै उनले सत्ता बाहिर रहँदा केही नेताहरुलाई छटपटी भएकोसमेत टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्