Logo

चीनद्वारा श्रीलंकालाई दुई हजार टन चामल सहयोग



चीन, १२ चैत । चीनले गम्भीर आर्थिक संकटमा परेको श्रीलंकालाई आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल उपलब्ध गराएको छ ।

कोलम्बोस्थित चिनियाँ दूतावासले वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेबारी स्वरुप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो ।

चीनले श्रीलंकालाई उपलब्ध गराएको चामलको मूल्य झण्डै २५ लाख अमेरिकी डलर पर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ । मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्न समेत नसकेको श्रीलंकाले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो ।

श्रीलंकाको आग्रहकै आधारमा सहयोग उपलब्ध गराइएको पनि चिनियाँ दूतावासद्वारा जारी वक्तव्यमा लेखिएको छ । कोरोना भाइरसको महामारी र त्यसपछिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण श्रीलंका संकटमा परेको श्रीलंकाली अधिकारीहरूले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्