Logo

चीनमा ग्यास विस्फोट: ३१ जनाको ज्यान गयो



चीन, ७ असार । चीनको उत्तर पश्चिमी क्षेत्र निङ्जियामा ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।

गएराति निङ्जियाको यिनचुआन सहरमा रहेको बारबेक्यू रेस्टुरेन्टमा ग्यास विस्फोट भएको थियो ।

विस्फोटमा ७ जना घाइते भएका समाचार संस्था सीएनएनले जनाएको छ । शरीर आगोले जलेका तथा चोटपटक लागेका उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोटको घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइते भएकालाई उपचारमा सबै सहयोग उपलब्ध गराउन तथा उद्योग तथा महत्वपूर्ण क्षेत्रहरूमा सुरक्षा सावधानी बलियो बनाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्