Logo

चीनमा पाँच वटा मोटरकार र तीन वटा ट्रक एकआपसमा ठोक्किदा आठ जनाको मत्यु



चीन, १ साउन । उत्तरपूर्वी चीनको गान्सु प्रान्तस्थित द्रुतमार्गमा आज पाँच वटा मोटरकार र तीन वटा ट्रक एकआपसमा ठोक्किदा आठ जनाको मत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

झाङ्गे शहरको सान्दन काउन्टीमा आज बिहान ११ बजे भएको उक्त दुर्घटनामा सबै आठ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रान्तीय आपत्कालीन कार्यालयले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उद्धारका काम पनि पूरा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्