चीन, १२ असार । चीनको दक्षिणी क्षेत्र ग्वाङ्सी झुआङमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण झन्डै ३८ लाख नागरिक प्रभावित भएका छन् ।
त्यहाँ ३७ लाख ५० हजारभन्दा धेरै बासिन्दा प्रभावित भएका स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
बाढी/पहिरो र वर्षाका कारण आएको विपत्तीले ३ हजार ४ सय ३६ घरहरू डुबानमा परेका छन् । १ लाख ५९ हजार ३ सय हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको अनुमान छ । बाढी नियन्त्रण राहत केन्द्रीय कार्यालयका अनुसार ग्वाङ्सीमा यस वर्ष अझै धेरै भारी वर्षा र आँधी आउनसक्ने पूर्वानुमान गरिएको छ ।