चीन, २४ भदौ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार आएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८८ पुगेको छ भने ३० जना अझै बेपत्ता छन् ।
उक्त घटनामा मृत्यु हुने मध्ये ५० जना गान्जी तिब्बती स्वायत्त प्रान्तका र ३८ जना यान शहरका रहेको बताइएको छ ।
चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार गान्जीको लुडिङ काउन्टीमा दिउँसो १२ बजेर ५२ मिनेटमा सोमबार ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।