Logo

चीनमा लकडाउनविरुद्ध विरोध प्रदर्शन



चीन, ११ मंसिर । चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रर्दशन हुन थालेको छ ।

गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान गए पछि विरोध प्रदर्शन भइरहेको हो ।

विरोध प्रदर्शनमा रहेकाहरुले कोरोना महामारीविरुद्ध लगाएको कडा प्रतिबन्धका कारण आगलागीमा परेकाहरु बाहिर निस्कन नसकेका र उनीहरुको ज्यान गएको आरोप लगाएका छन् ।

चीनको उरुमचीमा कोराना रोकथामका लागि भन्दै लगाइएको कडा प्रतिबन्धविरुद्ध नाराबाजी भइरहेको भइरहेको बीबीसीले जनाएको छ । उनीहरुले लकडाउन हटाउन माग गरेका छन् । चीनमा कडा प्रतिबन्धका बाबजुत पनि सङ्क्रमण फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्