काठमाडौँ, २९ भदौ । नेकपा (एमाले)का नेता रघुजी पन्तले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनालाई अघि बढाउने विषयमा कुरा राख्नुपर्ने बताएका छन् ।
शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले बीआरआईका सम्बन्धमा भएको सहमतिअनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने बताएका हुन् ।
त्यस्तै, भारतमा मात्रै बिजुली बेच्दा नेपाललाई दबाबमा राख्न सक्ने भएकाले चीनमा पनि बिजुली बेच्नका लागि ट्रान्समिसन लाइन निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले चीनबाट नेपालमा आउन तीन-चारवटा नाकालाई सहजरूपमा सञ्चालनका लागि प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने धारणा राखेका थिए ।






