Logo

चीनले थप ३० करोड रुपैयाँको राहत सामग्री हस्तान्तरण



काठमाडौँ, २२ कार्तिक । चीन सरकारले नेपाललाई झन्डै ३० करोड रुपैयाँ बराबरको राहत र सहायता सामग्री हस्तान्तरण गरेको छ ।

जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

आज चिनियाँ सेनाका दुई वटा कार्गो जहाज राहत सामग्री लिएर पोखरा विमानस्थलमा अवतरण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्