Logo

चीनसँगको रसुवागढी नाका खुल्यो



रसुवा, ३० भदौ । चीनसँगको रसुवागढी-केरुङ नाका आजदेखि खुलेको छ ।

बुधबार चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा तत्कालै नाका खुल्ने जानकारी गराएका थिए । चान्सुको जानकारीसँगै आजदेखि रसुवागढी नाका खुलेको हो ।

कोरोना महामारीलाई कारण देखाएर चीनले बेलाबेला नाका बन्द गर्दै आएको छ । जसका कारण चीनबाट आयात हुने सामग्री प्रभावित भएका थिए भने निर्यात ठप्प रहेको थियो । अब नाका खुल्ने सन्देश प्राप्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले जानकारी दिए । तर नेपालबाट निर्यातका विषयमा भने चिनियाँ पक्षले अझै स्पष्ट जवाफ नदिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्