Logo

चीनसँग वर्तमान सरकारको नीति ठिक भएन: प्रदीप ज्ञवाली



काठमाडौँ, ३० जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चीनसँग वर्तमान सरकारको नीति ठीक नभएको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै उनले भने, ‘बीआरआई अनुदान पाए लिने नत्र नलिने । सित्तैमा पाए अलकत्रा खाने ? चीनसँग वर्तमान सरकारको नीति ठिक भएन ।’

कुनै सहायता सित्तैमा पाइए पनि लिनु हुँदैन तर, आवश्यकता प¥यो भने ऋण पनि लिने नीति रहेको बताउँदै उनले ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्ने बताए ।

तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाएको भन्दै उनले प्रश्न गरे । ‘उहाँ अरू पनि विषय हेर्नुहुन्छ होला तर छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामीले गर्दैछौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ,’ उनले भने, ‘समग्रमा भन्दा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक भइरहेको छैन ।’

प्रतिक्रिया दिनुहोस्