Logo

चीन जाने पर्यटकले अब कोरोनाको परीक्षण गर्नु नपर्ने



चीन, १३ भदौ । चीनले आजदेखि पर्यटकका लागि कोरोना परीक्षण अनिवार्य नभएको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अब चीन भित्रिने पर्यटकका लागि कोभिड-१९ को परीक्षण अनिवार्य नरहेको जानकारी दिए ।

कोरोनाको न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण हटेको उनले बताए ।

सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरसको सङक्रमण देखा परेको थियो । चीनबाट शुरु भएको कोरोना सङक्रमणपछि विश्वभर फैलिएको थियो । सङक्रमणबाट लाखौँ नागरिकले ज्यान गुमाएका थिए ।

कोभिड महामारी शुरु भएको तीन वर्षसम्म चीन बाह्य विश्वका लागि बन्द रह्यो । अहिले पनि सङक्रमण पूर्णरुपमा अन्त्य भएको छैन ।

प्रतिक्रिया दिनुहोस्