Logo

चीन पहिरो अपडेट: ४७ जना पुरिए



चीन, ८ माघ । चीनको युनान प्रान्तमा आज बिहान गएको पहिरोमा ४७ जना पुरिएका छन् ।

पहिरोमा परेर १८ वटा भवन भत्किँदा अरु थुप्रै मानिस बेपत्ता भएका बीबीसीले जनाएको छ ।

पुरिएकाहरुको अवस्थाबारे भने जानकारी आइनसकेको खबरमा उल्लेख छ ।  बेपत्ताहरूको खोजी तथा उद्धार कार्य भइरहेकाे छ ।

भत्केका भवन पन्छाएर त्यहाँ पुरिएका मानिसको खोजी र उद्धार भइरहेकाे देखिएको बीबीसीले जनाएको छ । त्यस क्षेत्रमा तापक्रम पनि शून्यभन्दा तल रहेको खबरमा उल्लेख छ ।

यसैबीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्