Logo

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना



चीन, २ कार्तिक । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

चीन भ्रमणमा रहेका उनलाई छातीमा दुखेपछि बेइजिङ अस्पतालमा भर्ना भएको बेइजिङस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ ।

गएको सोमबार गृहमन्त्री श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका हुन् ।

उनी बुधबार बीआरएफको उद्घाटन समारोहमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्