Logo

चीन भ्रमण फलदायी भयो: खड्का



काठमाडौँ, २६ साउन । परराष्ट्रमन्त्री डा.नारायण खड्काले चीन भ्रमण फलदायी भएको बताएका छन् ।

चीनको औपचारिक तीनदिने भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्केका खड्काले यस्तो बताएका हुन् ।

चिनियाँ समकक्षी वाङ यीसँगको भेटका क्रममा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताएको उनले जानकारी दिए । नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको उनको भनाइ छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन रहेको कुरा दोहोर्‍याएको उनले बताए ।

साथै वाङ यीले नेपालको विकासको प्रयासमा नेपाल सरकारको प्राथमिकताबमोजिम चीन सरकारको निरन्तर सहयोग रहने विश्वास दिलाएको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्