Logo

चुनावका बेला झुट कुरा लिएर आउलान् ख्याल गर्नुस्: अध्यक्ष ओली



रुपन्देही, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको तीन वर्षे सरकारले ल्याएको विकास पूर्वाधारका योजना पूर्णबन्दै गएकाले विरोधीहरूलाई छटपटाहट भएको बताएका छन् ।

रुपन्देहीको तिलोत्तमास्थित तिलोत्तमा भ्यु टावरको उद्घाटन गर्दै ओलीले एमाले सरकारमा नभएको भए यस्ता काम कति वर्ष झुल्ने थिए हामी सबैलाई थाहा भएको भन्दै चुनावमा एमाले नेतृत्वमा आएपछि केके भयो त्यो जनमानसमा लैजान सबैलाई आग्रह गरे । उनले एमालेको जनलहरबाट आत्तिएकाहरू अरू छटपटाए पनि सर्वसाधारणलाई यथार्थ विषय जनकारी दिनुपर्ने बताए ।

‘पुर्जाविहीनलाई लालपुर्जाको व्यवस्थापनको अन्तिम तयारीमा रहेको आयोगलाई गठबन्धन सरकारले आयोग नै खारेज गरेर तयारी अवस्थामा बनाएको काम रोके, तर अहिले भन्दैछन् अघिल्लो सरकारले फाइल लुकायो भनेर, ओलीले भने– ‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदैछन् भन्ने सूचना आएको छ, चुनावका बेला त्यस्ता झुट कुरा लिएर आउलान् चुनावमा ख्याल गर्नुस् ।

‘गएका ३ वर्षमा हामीले विकासका थुप्रै आधार तयार गरेका छौँ, पूर्वाधार विकासमा एमालेले गरेका काम जनतालाई कसैले भ्रम पारेर जस लिनसक्छ । चुनावी फण्डा रोक्न सबै सचेत नागरिकले त्यो ख्याल गर्नुहोला ।, क्याम्पसमा गएर मैले कख पठाउनु थालिन, अरू कुरा आफै बुझ्नुस् । ’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्