Logo

चुनावका लागि विनियोजितमध्ये झन्डै तीन अर्ब रुपैयाँ फिर्ता हुने



काठमाडौँ, २० माघ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि तोकिएको रकममध्ये झन्डै तीन अर्ब रुपैयाँ फिर्ता हुने बताएको छ ।

गएको मङ्सिर ४ गते चुनावको समीक्षाका क्रममा शुक्रवार सञ्चारकर्मीसँगको छलफलमा प्रमुख आयुक्त थपलियाले चुनावलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको जनाएका हुन् ।

उनले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव र राष्ट्रिय सभा सदस्यको उपचुनावमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने बताउनुभयो । सरकारबाट चुनावका लागि १० अर्ब विनियोजनमध्ये आठ अर्ब ४९ करोड ९९ लाख निकासा भएकोमा अहिलेसम्म छ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको आयोगले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आउँदो प्रतिनिधि सभा र प्रदेश शभाको चुनावमा समानुपातिक निर्वाचन प्रणालीमा सरकारी कर्मचारीका साथै निजी क्षेत्रका कर्मचारीलाई पायक पर्ने ठाउँबाट मतदानको अधिकार दिलाउने गरी अस्थायी मतदाता परिचयपत्र उपलब्ध गराउने गरी कानुन संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्