Logo

चुनावमा एक भएर गए जित सुनिश्चित: भट्ट



बैतडी, १६ भदौ । नेकपा एमालेका सचिव लेखराज भट्टले आसन्न निर्वाचनमा एकढिक्का भएर जान कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बैतडीको पाटनमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टले एकढिक्का भएर अगाडि बढ्न निर्देशन दिएका हुन् ।

पार्टीभित्रको अन्तरसंघर्षका कारण पार्टी फुटेको बताउँदै भट्टले चुनावमा एक भएर गए जित सुनिश्चित रहेको दावी गरेका छन् ।

आन्तरिक रूपमा पार्टी बलियो हुनुपर्छ, यदि भएन भने ५० प्रतिशत हार भइसकेको हुन्छ । त्यसैले एकताबद्ध भएर लाग्नुपर्छ। आफ्ना कमीकमोजरी सच्याएर अगाडि बढ्नुपर्छ । पार्टीको विधि विधानअनुसार अगाडि बढ्नुपर्छ । भट्टले भने ।

व्यक्तिगत स्वार्थमा नलागेर चेन अफ कमान्डलाई पार्टीका सबै नेता कार्यकर्ताले स्वीकार्नुपर्नेमा जोड दिँदै भट्टले अहिलेको आवश्यकता अनुसार एमाले ठीक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्