Logo

चुनावविरोधी गतिविधि गर्ने सात जना पक्राउ



महोत्तरी, २९ कात्तिक । महोत्तरी प्रहरीले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विरोधी गतिविधि गर्ने सात जनालाई पक्राउ गरेको छ । ​

निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका सात जना नेता-कार्यकर्ता पक्राउ परेका हुन् ।

महोत्तरीको बलवा नगरपालिका वडा नम्बर-७ बनौटा टोलबाट वैद्य माओवादी पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव, राजेश्वर यादव र ज १ च ११७१ नम्बरको टाटासुमोका चालकसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

उनीहरूका साथबाट चुनावविरोधी पर्चा तथा माइकिङ सामग्री बरामद गरिएको एसपी पंगेनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्