Logo

चुनावसम्बन्धी कानुनमा भएका केही व्यवस्थालाई सच्याउन आवश्यक: थापा



काठमाडौँ, ७ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावसम्बन्धी कानुनमा भएका केही व्यवस्थालाई सच्याउन आवश्यक रहेको बताएका छन् ।

मङ्गलवार विदेशमा रहेका नेपालीहरूले पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्ने कुराको सुनिश्चितताका लागि पार्टीको तर्फबाट निर्वाचन आयोग पुगेका महामन्त्री थापाले कानुनमा भएको व्यवस्थामा कम्तीमा पनि पाँच ठाउँमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताए ।

उनले कानुनमा भएका केही व्यवस्थालाई सच्याउन सके विदेशमा रहेका नेपालीहरूको नाम पनि मतदाता नामावलीमा समावेश गर्नसक्ने भन्दै अबको ८/१० दिनभित्रमा निर्वाचन ऐनको विषय संसदमा पेस गर्ने प्रतिबद्धता जनाएका छन् ।

महामन्त्री थापाले विदेशमा रहेका नेपालीहरूले मताधिकार प्रयोग गर्न पाउने व्यवस्थाका लागि चाँडै नै राजनीतिक समझदारी कायम गरी संसदमा पारित गर्ने कुरामा आफ्नो भूमिका रहने बताए । उनले सकेसम्म आउँदो साउन १ गतेदेखि नै नेपालबाहिर रहेका नेपालीहरूको नाम मतदाता नामावलीमा टिपाउने कुरामा पनि छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्