Logo

चुनावी प्रतिबद्धता कार्यान्वयन नगर्दा प्रदेशको नामकरण भएन: मुख्यमन्त्री



विराटनगर, ८ असोज । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले दलहरूको निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको बताएका छन् ।

शनिबार विराटनगरमा कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कार्यक्रम ‘उज्यालो पूर्व’ को पहिलो सत्र ‘प्रदेशको परीक्षा’ मुख्यमन्त्री राईले भोट माग्ने बेला प्रदेशको नाम एउटा राख्छु भनेर चुनाव जितिसकेपछि त्यही नाम राख्ने सवालमा दलहरू पछि हटेको बताएका हुन् ।

‘निर्वाचन अगाडि जे प्रतिबद्धताका साथ जुन नाम राख्छु भनेर दलहरूले भोट मागे र चुनाव जिते,’ राईले भने,’ अहिले त्यो प्रतिबद्धताअनुसार नाम राख्न नमान्दा समस्या भएको हो । ‘ उनले कांग्रेसले पनि पहिचान भेटिने कुरा खोजेर पछि हटेको बताए । यस्तै एमालेले किराँत कोसी प्रदेश राख्ने भनेर चुनाव जिते पनि नाम राख्ने बेलामा पछि हटेको बताए ।

प्रदेश नामकरणका लागि जटिलताहरू र अपवादका कुराहरू धेरै रहेको उनले बताए । उनले भने,’ संवैधानिक प्रावधानहरू जटिल छ । आम सहमति हुन आवश्यक छ । विषय जटिल छ । मुलुकको राजनीतिक सम्बन्धहरु सहज नभएकाले नामकरण नटुंगिएको हो ।’ उनले मुख्यमन्त्रीको क्षमता र असमक्षतासँग प्रदेशको नामकरणको विषय नजोडिएको बताए ।

प्रतिक्रिया दिनुहोस्